समाचार

राप्रपा नेता गणेश शेरचनको निधन

२२ फाल्गुन २०७८, आईतवार ०३:१६
राप्रपा नेता गणेश शेरचनको निधन

२२ फागुन, काठमाडौं। राप्रपाका नेता, पूर्वमन्त्री गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ७८ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

शेरचनको निधनमा शोक प्रकट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी र स्तब्ध भएको बताएका छन्। उनले जारी गरेको शोक वक्तव्यमा शेरचन इमान्दार र राष्ट्रवादी व्यक्तित्व भएको उल्लेख छ। उनको निधनले राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको लिङ्देनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्