समाचार

माओवादी केन्द्रीय कमिटी बैठक

२२ फाल्गुन २०७८, आईतवार ०३:०३
माओवादी केन्द्रीय कमिटी बैठक

२२ फागुन, काठमाडौं।नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज फेरि बस्दै छ।  बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।

केन्द्रीय समितिलाई पूर्णता, पोलिट ब्युरो र स्थायी कमिटी गठनका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए। उनका अनुसार आज अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता लगायतका अजेन्डा रहेका छन्।

ढकालका अनुसार बैठकको कार्यसूची  कार्ययोजना  निर्माण  र संगठन हुनेछ । गत पुसमा सम्पन्न  माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।

यससँगै १५ सदस्यीय पदाधिकारी रहने गरी विधान संशोधन गरेको थियो। जसअनुसार, एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन्।

प्रतिक्रिया दिनुहोस्