समाचार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

२१ फाल्गुन २०७८, शनिबार १३:२५
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

२१ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकअघि बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

त्यस्तै संसद बैठकअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन्। सभामुख सापकोटाले बिहान ११ बजे बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्