समाचार

युक्रेनका दुई शहरमा रुसले गर्‍यो युद्धविराम

२१ फाल्गुन २०७८, शनिबार १३:०९
युक्रेनका दुई शहरमा रुसले गर्‍यो युद्धविराम

२१ फागुन, काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण सुरु भएको दशौं दिन रसियाको रक्षा मन्त्रालयले युक्रेनको दुई शहरमा युद्धविराम घोषणा गरेको छ ।

दोश्रो चरणको वार्ताका क्रममा युद्धविराम घोषणा गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने सहमति भएपनि रुसी पक्षले गोलाबारीलाई निरन्तरता दिएको युक्रेनी पक्षको आरोप छ । दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार विहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ ।

यद्यपि रुसी पक्षबाट हिंसा नरोकिएका कारण त्यहाँबाट मानिसहरुलाई सार्ने काम पनि स्थगित गरिएको स्थानीय उपमेयर शेर्ही ओर्लोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रुसी फौजले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने बाटोलाई नै लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ ।

‘त्यहाँ जान सुरक्षित छैन’ बीबीसीलाई दिएको अन्तरवार्तामा उपमेयरले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्