समाचार

गठबन्धनका दलहरू एमालेसँग एक्लै लड्न डराएका छन् :गोकर्ण विष्ट

२१ फाल्गुन २०७८, शनिबार १२:५१
गठबन्धनका दलहरू एमालेसँग एक्लै लड्न डराएका छन् :गोकर्ण विष्ट

२१ फागुन, काठमाडौं। नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन् ।

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरू एमालेसँग एक्लै भिड्न डराएको बताए ।

गठबन्धनका रूपमा एमालेका विरुद्ध चुनाव लड्न आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ । नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्