समाचार

प्रहरीको कुटाइबाट कालिकोटका व्यापारीको सुर्खेतमा मृत्यु, अवस्था तनावग्रस्त

२१ फाल्गुन २०७८, शनिबार १२:४४
प्रहरीको कुटाइबाट कालिकोटका व्यापारीको सुर्खेतमा मृत्यु, अवस्था तनावग्रस्त

२१ फागुन, सुर्खेत। सुर्खेतमा कालिकोटका एक व्यापारीको मृत्यु भएको छ । नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको मृत्यु भएको हो ।

शुक्रबार बेलुका नेपालगन्जबाट मालबाहक ट्रकमा कालिकोट जाँदै गरेका हमालले सामान बढी हालेको विषयमा वीरेन्द्रनगरस्थित सुब्बा कुना प्रहरी चेकपोस्टमा प्रहरीसँग विवाद भएको थियो। सो क्रममा प्रहरीले कुटपिट गरेको आफन्तको आरोप छ।

नेपालगञ्जबाट भे१क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उनलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तको आरोप छ ।मृत्तकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गरेका थिए । यसो नगर्न भनेपछि उनीमाथिनै प्रहरी जाइ लागेको कमलबहादुरले बताए । ‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो ।’ उनले भने ।

कृष्ण हमालको मृत्यु भएपछि राजधानी वीरेन्द्रनगरमा तनावग्रस्त बनेको हो । प्रहरीविरुद्ध नारा चलिरहेका छन्  । प्रहरीको गाडीमा आफ्न्तले ढुंगामुडा गरिरहेका छन्  ।  वीरेन्द्रनगर लगायतका क्षेत्रहरुमा नाराबाजी चलिरहेको छ । सवारी साधन आवत–जावतमा रोक लगाइएको छ । घटना विषय थप अनुसन्धान भइरहेको सुर्खेतका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्