समाचार

अध्यक्ष लिङ्देनले भने ‘कमल थापालाई मैले लखेटेको होइन

२१ फाल्गुन २०७८, शनिबार ०७:३०
अध्यक्ष लिङ्देनले भने ‘कमल थापालाई मैले लखेटेको होइन

२१ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापा पार्टीको बैचारिक मान्यतालाई त्यागेर अर्को पार्टीमा प्रवेश गरेको टिप्पणी गरेका छन् ।

अध्यक्ष लिङ्देनले आफूमाथि प्रवित्तिगत प्रश्न उठाउदै कमल थापा बाहिरीनु नै उनको गलत मनासाय भएको बुझन सकिने बताए । राप्रपाले प्रजातान्त्रिक विधिमार्फत महाधिवेशनमा नेतृत्व चुनिरहेको बेला थापाले पार्टी छोड्नु नै उहाँको पार्टी सिद्धान्त र मान्यताबाट विचलित भएको बुझ्न अध्यक्ष लिङ्देनले आग्रह गरे ।

‘हामीले पार्टीको विचार र सिद्धान्तमा प्रतिबद्ध छौँ । उनले पार्टीको वैचारिक मान्यतालाई त्यागेर नयाँ पार्टीमा प्रवेश गरेका छन् । उनीप्रति टिप्पणी गर्न चाहन्न । हामीलाई खरव प्रवित्तिको भने,’ उनले भने, ‘नेपालको समकालीन राजनीतिमा राप्रपा पार्टीमात्रै यस्तो पार्टी भयो । जसले आफ्नो प्रजातान्त्रिक नेतृत्वको चयन गर्यो।’

उनले राप्रपाले प्रजातान्त्रिक पद्धतिबाट नेतृत्वको चयन मात्रै नगरेको भन्दै नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्दै माग राख्ने एक जमातको समेत नेतृत्व गरेको दावी गरे।

प्रतिक्रिया दिनुहोस्