समाचार

युक्रेनमाथि आक्रमण तुरुन्त अन्त्य गर्न पुटिनलाई नेटोको आग्रह

२० फाल्गुन २०७८, शुक्रबार १५:३४
युक्रेनमाथि आक्रमण तुरुन्त अन्त्य गर्न पुटिनलाई नेटोको आग्रह

एजेन्सी। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले आफ्नो आक्रमणमा क्लस्टर बम प्रयोग गरिरहेको प्रमाण रहेको बताएका छन्।

नेटोले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले भने, “हामीले क्लस्टर बमको प्रयोग देख्यौं र अन्य प्रकारका हतियारहरूको प्रयोगको रिपोर्ट पनि देख्यौं जुन अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनेछ।’

पश्चिमी सैन्य गठबन्धनले युक्रेनमा नो–फ्लाइजोन स्थापना गर्ने वा त्यहाँ आफ्ना सेना नपठाउने उनले बताए। तर किभलाई अन्य सहयोगको वाचा गर्ने भन्दै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण तुरुन्तै अन्त्य गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्