समाचार

‘द भ्वाइस किड्स’ विजेता जेनिश उप्रेती पहिलो गीत

२० फाल्गुन २०७८, शुक्रबार १५:१८
‘द भ्वाइस किड्स’ विजेता जेनिश उप्रेती पहिलो गीत

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बालगायक जेनिश उप्रेती । उनी द भ्वाइस किड्स’ को विजेता पनि हुन् । उनी सानै भए पनि स्वरका धनि छन् ।

उनी द भ्वाइस किड्स’ को विजेता भएता उनले आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गरेका छन् । उनको पहिलो गीत ‘बाटो’ बोलको म्युजिक भिडियो चर्चित गायक प्रमोद खरेलको अफिसियल च्यानलमार्फत सार्वजनिक भएको छ ।

बालगायक जेनिशको वास्तविक जीवनमा आधारित गीत हो । उनले सानै उमेरमा आमा गुमाएका थिए । उनकी आमा बिरामीका कारण हस्पिटलमा मृत्यु भएको थियो । परिवार समस्याका कारण उनका बुवा वैदेशिक रोजगार जानु परेको थियो । सानै उमेरमा आमा बुवाको साथ पाउने ठाउँमा उनले अंकल आन्टीको साथमा हुर्केका थिए ।

अंकल आन्टीको माया पाए पनि तर आफ्नो बुवाआमाको माया भने पाउन सकेका छैनन् । जेनिश आमालाई सम्झेर धेरै भावुक हुन्छन । उनले द भ्वाइस किड्सको स्टेजमा भनेका थिए ।  म यहाँ आफ्नो होइन । आफ्नो आमाको सपना पुरा गर्न आएको उनले बताएका थिए ।

अहिले आफुसंग आफ्नो आमा नभए पनि तर  द भ्वाइस किड्स’ को उपाधि हात उठाउदा आफूसंगै आमा भएको अनुभव भएको उनले बताए ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । गायक प्रमोद खरेल स्वयंको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा जेनिश र प्रमोदसँगै लक्ष्मी बर्देवा, जीवन वली, सुनील नेपाली, भानुभक्त ढकाल लगायतको अभिनय छ । भुपेन्द्र खड्काको शब्द रहेको गीतमा भानुभक्त ढकालको संगीत सुन्न सकिन्छ ।

गीत सार्वजनिक कार्यक्रममा गायक प्रमोद खरेलले जेनिशको वास्तविक कथालाई भिडियोमा उतार्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘यो भिडियोलाई म आफैंले गर्नुको कारण म जेनिशसँग एकदमै नजिक थिएँ । यही कारणले भिडियो बनाउन केही सजिलो पनि भयो । भिडियोमा प्रायः कुराहरु रियल छन् । भिडियोमा जेनिशले आफ्नो आमालाई नै सम्झिएर अभिनय गरेको छ, जुन अद्भुत छ ।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्