समाचार

तोकिएको मितिमा निर्वाचन हुने: गृहमन्त्री खाणको आग्रह

२० फाल्गुन २०७८, शुक्रबार १४:२०
तोकिएको मितिमा निर्वाचन हुने: गृहमन्त्री खाणको आग्रह

२० फागुन, काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

शुक्रबार भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्सव तथा भवन शिलान्यास गर्दै गृहमन्त्रीले खाँणले नेपालले कुनै पनि बहानमा हिंसा र द्वन्द्वलाई स्वीकार्न नसक्ने बताए । उनले त्यसैले हिंसा फैलाउने गतिविधि नगर्न सबैलाई आग्रह गरे ।

सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न गर्नेमा कुनै शंका नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्