समाचार

थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

२० फाल्गुन २०७८, शुक्रबार १४:१०
थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

२० फागुन, एजेन्सी। युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।
उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् ।

यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो ।

सम्बोधनमा पुटिलले दाबी गरे, ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्