समाचार

माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

२० फाल्गुन २०७८, शुक्रबार १२:२८
माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

काठमाडौं:  नेकपा माओवादी केन्द्रको बैठक पर्सी आइतबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए ।

दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरियो । पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो ।

बैठकमा आफ्नो लिखित जवाफ पेस गर्दै नेता श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृति रहेको भन्दै आलोजना गरेका छन् । साथै उनले पार्टीभित्र नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठको प्रवृति बढेको भन्दै त्यसबारे असन्तुष्टि जनाउँदै पार्टी अध्यक्षले आफूलाई पार्टी छाड्न भनेको भनाइ समेत कोट्याएका छन् ।

आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ’, माओवादी केन्द्रका एक नेताले भने, ‘छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेस भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्