समाचार

महाधिवेशनपछि माओवादीको दोस्रो केन्द्रीय कमिटी बैठक

२० फाल्गुन २०७८, शुक्रबार १२:०६
महाधिवेशनपछि माओवादीको दोस्रो केन्द्रीय कमिटी बैठक

२० फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभा गृहमा सुरु भएको हो।

आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ । पूर्वस्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बैठकमा एमसीसीबारे ‘नोट अफ डिसेन्ट’ राखिने जानकारी दिए ।

अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायत बैठकका एजेन्डा रहेका छन्। अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।

प्रतिक्रिया दिनुहोस्