समाचार

फागुन १५ गते कालो दिन: विप्लव

२० फाल्गुन २०७८, शुक्रबार ११:४५
फागुन १५ गते कालो दिन: विप्लव

२० फागुन, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनकोरूपमा दर्ज भएको बताएका छन् ।

६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौँमा गरेको विरोधसभामा महासचिव विप्लवले राष्ट्रहितविपरीत देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै यो दिन कालो दिनका रूपमा दर्ज भएको बताएका हुन् ।

‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’

प्रतिक्रिया दिनुहोस्