समाचार

कांग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दौड

१९ फाल्गुन २०७८, बिहीबार ०८:२८
कांग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दौड

१९ फागुन, महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको नेतृत्व चयनका लागि भोलि २० फागुनमा हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । जिल्ला सभापतिको लागि यहाँ तीन जना मैदानमा उत्रिएका छन् ।

नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् । पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ ।

पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेको उनीहरूको दावी छ ।

प्रतिक्रिया दिनुहोस्