समाचार

संसद् अवरोध खुलाउन आग्रह गर्ने सत्ता गठबन्धनको निर्णय

१९ फाल्गुन २०७८, बिहीबार ०८:०८
संसद् अवरोध खुलाउन आग्रह गर्ने सत्ता गठबन्धनको निर्णय

१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई संसद् बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले ५ वर्ष भित्रमा करिब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्