समाचार

एमसीसीको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी

१८ फाल्गुन २०७८, बुधबार १६:२९
एमसीसीको विरोधमा आगजनी गर्ने १६ जनाविरुद्ध मुद्धा चलाउने तयारी

१८ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदनको विरोधमा प्रर्दशनमा उत्रिएर तोडफोड तथा आगजनीमा संलग्न १६ जनालाई मुद्दा चलाउने तयारी थालिएको छ।

सोमबार र मंगलबार पक्राउ परेका २७ जनामध्ये १४ जनालाई सार्वजनिक शान्तिविरुद्धको र दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्धा चलाउन सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सुर्खेतले जनाएको छ ।

सार्वजनिक शान्ति विरुद्धमा वीरेन्द्रनगर–१२ का रमेशप्रसाद रेग्मी, वीरेन्द्रनगर ३ का अशोक शाही, वीरेन्द्रनगर ६ का निलेश खड्का, अछाम पञ्चदेवल विनायक गाउँपालिका –५ छत्रबहादुर शाही, पञ्चदेवल ३ का विनोद बुढा रहेका छन्। त्यस्तै, कालिकोट सान्नी त्रिवेणी ४ का ललितजंग केसी, शुभकालिका ४ का दिलबहादुर शाही, दैलेख महावु गाउँपालिका १ का नेत्रबहादुर साउद, गुराँस गाउँपालिका ३ का पूर्णबहादुर शाही, डुङगेश्वर गाउँपालिका ६ का नवीनप्रकाश न्यौपाने, दैलेख दुल्लु नगरपालिका ८ भई वीरेन्द्रनगर ६ बस्ने रमेश विक, धादिङ शिद्धलेख गाउँपालिका १ का भेषबहादुर चितौरे मगर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्