समाचार

प्रचण्डसँग फायर भएर नारायणकाजी विप्लवसँग सहकार्यको प्रस्ताव

१८ फाल्गुन २०७८, बुधबार ०६:३८
प्रचण्डसँग फायर भएर नारायणकाजी विप्लवसँग सहकार्यको प्रस्ताव

१८ फागुन, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजीले सहमतिबीच माओवादीमा बस्न गाह्रो हुने बताएका छन् । एमसीसी अनुमोदनपछि अध्यक्ष प्रचण्‍डसँग असन्तुष्‍ट रहेका नेता श्रेष्‍ठले नेकपा महासचिव विप्लवसँगको भेटमा माओवादीमा बस्न गाह्रो हुने सुनाएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट रहेका श्रेष्ठलाई भेट्न विप्लव श्रेष्ठको हात्तीवनस्थित निवासमै पुगेका हुन् । भेटमा विप्लवले एमसीसी अनुमोदन राष्ट्रहितविपरीत गरिएकोले राष्ट्रवादीहरूबीच नयाँ ढंगबाट एकता र सहकार्य गर्नुपर्ने प्रस्ताव गरेको बताइन्छ ।

एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्