समाचार

रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्

१८ फाल्गुन २०७८, बुधबार ०६:२२
रावलको जवाफ : मन पोलेको भए आफैँ महा हिरो हुनुस्

१८ फागुन, काठमाडौं ।नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्।

पत्रकार सम्मेलनमा ओलीले भीम रावल पार्टी नीति विपरीत गएर ‘हिरो’हुन खोजेको आरोप लगाएका थिए। रावलले ओलीको आक्षेपको एकदिनपछि बुधवार देशको हितमा बोलेर महाहिरो हुन सुझाए।

बुधबार सामाजिक सञ्जालमार्फत नेता रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको बताउदै आफु पार्टीको सिद्धान्त अनुरुप नै उभिएको बताएका हुन् ।

अध्यक्ष ओलीलाई लक्षित गर्दै आज रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भनेका छन्। ‘एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो। म पार्टी सिद्धान्त अनुरुप उभिएको छु।’

प्रतिक्रिया दिनुहोस्