राजनीति

नारायणकाजी र विप्लवबीच भेटवार्ता

१८ फाल्गुन २०७८, बुधबार ०४:२२
नारायणकाजी र विप्लवबीच भेटवार्ता

१७ फागुन,काठमाडौं। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

 दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिएका छन् ।

पूर्व एकता केन्द्र समूहका नेतासमेत रहेका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड मंगलबार उनलाई भेट्न हात्तीवन गएका हुन् । एमसीसी पास भएसँगै माओवादी केन्द्रमा अन्तरसंघर्ष चर्किरहेको छ । सुरुबाटै एमसीसीको बिरोध गर्दै आएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको निर्णय बिपरित एमसीसी पास गर्न भूमिका खेलेको भन्दै नारायणकाजी श्रेष्ठ सहित शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणामा केही नेताले असन्तुष्टि व्यक्त गरेपछि दिएको अभिव्यक्तिलाई लिएर नेता श्रेष्ठ पक्ष असन्तुष्ट बनेको छ।

प्रतिक्रिया दिनुहोस्