समाचार

युक्रेनको दाबी : हामीले साढे ५ हजार रुसी सेना मारिसक्यौं

१७ फाल्गुन २०७८, मंगलवार १२:२५
युक्रेनको दाबी : हामीले साढे ५ हजार रुसी सेना मारिसक्यौं

१७ फागुन, एजेन्सी। युक्रेनी सैन्य अधिकारीहरूले देशमा सुरुको पाँच दिनको तीव्र लडाइमा ५७ सय भन्दा बढी रुसी सैनिक मारिएको दाबि गरेका छन् ।

फेसबुकमा जारी गरिएको भिडियो सन्देशमा सेनाका प्रवक्ताले युक्रेनी सेनाले २०० भन्दा बढी रुसी सैनिकलाई बन्दी बनाएको पनि दाबी गरेका छन्। अधिकारीले १९८ रुसी ट्याङ्क, २९ विमान, ८४६ बख्तरबंद गाडी र २९ हेलिकप्टर पनि ध्वस्त भएको दाबी गरेका छन्। यसकाे स्वतन्त्र रूपमा पुष्टि भने गर्न नसकिएकाे बीबीसीले जनाएकाे छ।

वक्ताले अहिलेसम्म १९८ रुसी ट्याङ्क, २९ विमान, ८४६ बख्तरबन्द गाडी र २९ वटा हेलिकप्टर पनि ध्वस्त भएको दाबी गरेका छन् ।युक्रेनी सरकारी पक्षको यी दाबि स्वतन्त्ररुपमा पुष्टि हुन नसकेपनि बेलायतको रक्षा मन्त्रालयले युक्रेनमा आक्रमण गर्दा मस्कोको सेनाले ठूलो क्षति बेहोरेको विश्वास गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्