राजनीति

सभामुख सापकोटाले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौँ : ओली

१७ फाल्गुन २०७८, मंगलवार १०:३३
सभामुख सापकोटाले राजीनामा नदिए महाअभियोग प्रस्ताव ल्याउँछौँ : ओली

१७ फागुन, काठमाडौं। आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताएका छन् ।

एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए।

यद्यपी अध्यक्ष ओलीले सभामुख सापकोटाको स-सम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको बताए। ‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गरेको कारबाहीलाई मान्यता दिन ढिलाइ गरेर सभामुख सापकोटाले गैरकानुनी काम गरेको ओलीको आरोप छ।

प्रतिक्रिया दिनुहोस्