समाचार

विवेकशील साझाका प्रदेश संयाेजक हमालले दिए राजीनामा

१७ फाल्गुन २०७८, मंगलवार १०:११
विवेकशील साझाका प्रदेश संयाेजक हमालले दिए राजीनामा

१७ फागुन, कैलाली । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टी परित्याग गरेका छन् । उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन् ।

उनी गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट उपमहानगरपालिकाबाट मेयर लागि उम्मेदवार बनेका थिए । स्थानीय निर्वाचन नजिकिँदै गर्दा उनले पुनः स्वतन्त्र उम्मेदवारी दिने तयारीस्वरूप राजीनामा दिएका हुन् ।

उनले पालिकाका बासिन्दाले स्वतन्त्रबाट उम्मेदवारी दिन सुझाएकाेले राजीनामा दिएकाे बताएका छन् । राजीनामा पत्रमा उनले लेखेका छन्, ‘लामाे समयसम्म राजनीति गर्ने मेराे साेच पनि नरहेकाे र अन्तिमपटक निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकाे जानकारी गराउँछु ।’

प्रतिक्रिया दिनुहोस्