समाचार

एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्दै

१७ फाल्गुन २०७८, मंगलवार ०६:२४
एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्दै

१७ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।

पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल बै‌ंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । यसअघि भक्तपुरको गठ्ठाघरमा गर्ने भनिएको पत्रकार सम्मेलनको स्थान परिवर्तन गरिएको एमाले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक हुनेछ । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्