राजनीति

कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी

९ मंसिर २०७८, बिहीबार ०६:२१
कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी

डोटी: नेपाली कांगे्रसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएको छन् ।

बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएको छन् निर्वाचन समितिले जनाएको छ । उनका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेको छन् ।

सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी भएको छन् । मङ्गलबार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिसत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थिए ।

सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए । कुल मतदाता एक हजार १०७ रहेका थिए ।

बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका छन्  । रासस

प्रतिक्रिया दिनुहोस्