समाचार

एमसीसी अनुमोदनपछि सुर्खेतको वीरेन्द्रनगर कर्फ्यु

१६ फाल्गुन २०७८, सोमबार १५:०३
एमसीसी अनुमोदनपछि सुर्खेतको वीरेन्द्रनगर कर्फ्यु

१६ फागुन, काठमाडौं । एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु लागेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्