समाचार

एमसीसी सम्झौता अनुमोदन गर्न एमालेले पनि सहयोग गरेको छ : प्रकाशशरण महत

१६ फाल्गुन २०७८, सोमबार १४:४३
एमसीसी सम्झौता अनुमोदन गर्न एमालेले पनि सहयोग गरेको छ : प्रकाशशरण महत

१६ फागुन, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गरेका छन् ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औंपचारिक रुपमा सहभागिता नजनाएपनि अनौंपचारिक रुपमा सहयोग गरेको बताए । उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिए ।

यसले यसमा रहेको भ्रम र अन्यौलको माहौललाई समाप्त गरेको छ । र, यो क्रममा हाम्रो पार्टी सभापति, देशका प्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाजीको सुझबुझपूर्ण, परिपक्वता र धैर्यताले यो विन्दुमा समझदारीका साथ यो परियोजनालाई संसदबाट पारित गर्ने आधार तयार भयो । त्यसको लागि हामी पार्टीकोतर्फबाट उनीलाई पनि धन्यवाद दिन चाहन्छौं । र, समग्र नेपाली जनताले पनि नेपाली काँग्रेसको सुझबुझपूर्ण निर्णय र नेतृत्वको प्रशंशा गरिराखेका छन ।

प्रतिक्रिया दिनुहोस्