समाचार

नारायणकाजीले वामदेवको बाटो रोजे रोक्न सकिन्न : प्रचण्ड

१६ फाल्गुन २०७८, सोमबार १३:५३
नारायणकाजीले वामदेवको बाटो रोजे रोक्न सकिन्न : प्रचण्ड

१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौताको संसद्‌बाट अनुमोदन भएको विषयमा पार्टीका नेताहरुले गरेको विरोधप्रति असन्तुष्टि जनाएका छन्।

एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले माओवादी तरंगित भएको हो। सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता श्रेष्ठतिर लक्षित गर्दै वामदेव जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरे। उनले नारायणकाजीतिर लक्षित गर्दै एमसीसीलाई लिएर धेरै भावुक नहुन भनेका छन्।

श्रेष्ठ आक्रामक भएपछि प्रचण्डले आश्वस्त पार्दै आफ्नो कुरा बाहिरभन्दा पनि केन्द्रीय कमिटीमा राख्न अुरोध गरेका हुन्। ‘नारायणकाजी कमरेडलाई मैले भने तपाइँलाई मतभेद राख्ने अधिकार छ। सबै एकै मत हुनुपर्छ भन्ने छैन। तपाईँको विचारलाई सम्मान पनि गरिन्छ। केन्द्रीय कमिटीको बैठक आउँदै छ। कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिरचाहिँ नबोल्नुस्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्