समाचार

सांसद बलात्कार आरोपित बानियाँ फरार

१६ फाल्गुन २०७८, सोमबार १३:३७
सांसद बलात्कार आरोपित बानियाँ फरार

१६ फागुन, काठमाडौं । बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचीमा रहेका छन् ।

जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमालेका समानुपातिक सांसद हुन् । माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्