समाचार

बिहिबार सुनको मूल्यमा सामान्य गिरावट

९ मंसिर २०७८, बिहीबार ०६:१७
बिहिबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकिएको छ ।

यसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ३०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २३० पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्