समाचार

एमसिसी सम्झौता पारित भएपछि आठ दलले आह्वान गरे नेपाल बन्द

१५ फाल्गुन २०७८, आईतवार १६:३६
एमसिसी सम्झौता पारित भएपछि आठ दलले आह्वान गरे नेपाल बन्द

१५ फागुन, काठमाडौँ । संसदबाट आइतबार साँझ अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएसँगै कम्युनिस्ट पार्टीहरूको मोर्चाले नेपाल बन्द आह्वान गरेको छ ।

 नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा फागुन १६ गते सोमबार नेपाल बन्द गर्ने निर्णय गरेका हुन् ।

नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको ती दलहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्