समाचार

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न

१५ फाल्गुन २०७८, आईतवार ११:०३
पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न

१५ फागुन, काठमाडौं । बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो । बुधबार शाहविरुद्ध एक  नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ।

प्रतिक्रिया दिनुहोस्