समाचार

संसद अवरोध हटाएर मात्र एमसिसीबारे छलफल चलाउन झलनाथको आग्रह

१५ फाल्गुन २०७८, आईतवार १०:४९
संसद अवरोध हटाएर मात्र एमसिसीबारे छलफल चलाउन झलनाथको आग्रह

१५ फागुन, काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा एमसीसीबारे शुरु भएको छलफलमा उनले दुवै देशको सार्वभौमसत्तालाई समान बनाएर मात्रै एमसीसी सहयोग लिनुपर्ने बताए।

‘सम्झौतापछि पनि कार्यान्वनका नाममा १२, १३ वटा सम्झौता भइसकेका छन्,’ खनालले भने, ‘ती दस्तावेज यो संसदमा पेस नभएसम्म कसरी यस विषयमा छलफल हुनुसक्दछ ? हामीले ती सबै सम्झौता अध्यन र छलफल गर्न पाउनुपर्छ । अनि मात्रै यो सभाले निर्णय गर्नुपर्छ ।’

संसदमा एमाले अवरोध कायम भएकाले मुलुकको सार्वभौमसत्तासँग जोडिएको संवेदनशील विषयमा छलफल गर्ने वातावरण नभएको बताएका छन्। उनले एमसिसीमा भएका प्रावधानहरु  मुलुकको हितमा नभएको बताउँदै यथास्थितिमा अनुमोदन गर्न नहुने पार्टीको धारणा समेत राखे । यसका लागि वृहत छलफल गरेर मात्रै अगाडि बढ्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्