मनोरञ्जन

गिरफ्तारी दिन पल शाह तनहुँमा

१५ फाल्गुन २०७८, आईतवार ०७:१७
गिरफ्तारी दिन पल शाह तनहुँमा

१५ फागुन, काठमाडौं । नायक पल शाह आजै नेपाल प्रहरी सामु उपस्थित हुने भएका छन् । सामाजिक सञ्जालमा लेख्दै पलले आजै (आइतबार) प्रहरी सामु उपस्थित हुने बताएका हुन् ।

एक नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको जाहेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन्।

शाहले आज फेसबुकबाट आफैं प्रहरीमा उपस्थित हुने घोषणा गरेका थिए । यद्यपि, कुन प्रहरीमा भन्ने खुलाएका थिएनन् । उनीमाथि तनहुँ जिप्रकामा जाहेरी परेका कारण त्यहीँ गिरफ्तारी दिन इच्छा देखाएपछि प्रहरीले ‘कन्सिडर’ गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनले तनहुँबाटै सो स्टाटस पोष्ट गरेका थिए ।

‘काठमाडौंमा गिरफ्तारी दिँदा युट्यूवरले तमासा गर्ने भएकाले पनि उनी तनहुँ गएको,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्