समाचार

एमसिसी पारित गर्ने माओवादी निर्णय लिएर बालुवाटार गए प्रचण्ड

१५ फाल्गुन २०७८, आईतवार ०५:३८
एमसिसी पारित गर्ने माओवादी निर्णय लिएर बालुवाटार गए प्रचण्ड

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

अन्ततः नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । गठबन्धन टुट्ने भएपछि माओवादी केन्द्रले सो निर्णय गरेका छ । यसबाट सत्तागठबन्धन जोगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्