मुख्य समाचार

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच बैठक जारी

१४ फाल्गुन २०७८, शनिबार १४:३५
बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच बैठक जारी

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुन: एक पटक छलफलमा जुटेका छन् । कांग्रेस जसरी एमसीसी पास हुनुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विषयमा फरक मत राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्