समाचार

संसदबाट एमसीसी पारित गराउन प्रचण्ड र नेपालले देउवालाई वचन दिएको ओलीकाे खुलासा

१४ फाल्गुन २०७८, शनिबार १२:१०
संसदबाट एमसीसी पारित गराउन प्रचण्ड र नेपालले देउवालाई वचन दिएको ओलीकाे खुलासा

१४ फागुन, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसिसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको खुलासा गरेका छन्।

अध्यक्ष ओलीले हिजो (शुक्रबार) बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताउनु भएको हो ।

शनिबार काठमाण्डौमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दाबी समेत गर्नु भयो । तर प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न इमान्दार हुन दाहाल–नेपाललाई सचेत गराएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्