मनोरञ्जन

निर्देशक थापासँग पल शाहको बारे प्रहरीले गर्यो सोधपुछ

१४ फाल्गुन २०७८, शनिबार ११:५५
निर्देशक थापासँग पल शाहको बारे प्रहरीले गर्यो सोधपुछ

१४ फागुन, काठमाडौं । शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु–२’का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ ।

पलको अभिनय रहेको ‘ए मेरो हजुर २’ फिल्मका निर्देशक थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको हो । शनिबार नयाँ बानेश्वरबाट अभिनेता पल शाहको बारेमा सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको निर्देशक थापालाई छाडिएको प्रहरीले जनाएको छ ।

सामान्य सोधपुछका क्रममा प्रहरीले पलसँग सम्पर्क भए/नभएको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गरेको उनले नेपाल प्रेसलाई बताए । उनले अहिले आफ्नो सम्पर्क नभएको प्रहरीलाई बताएका छन् । उनीसँग सम्पर्क भए जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

बुधवार दिउँसोसम्म भने आफू पलकै साथमा रहेको उनले जानकारी दिएका छन् । उनले भने- ‘फिल्मको प्रिमियरमा सहभागी हुनका लागि हामी एउटै मेकअप स्टूडियो (लाजिम्पाट) मा मेकअप गरिरहेको थियौं । त्यसै बेला किटानी जाहेरी परेको खबर आयो । अनि, पलले प्रिमियरमा सहभागी हुन नसक्ने बताएपछि म निस्किएँ । त्यसबेलादेखि ऊसँग मेरो सम्पर्क भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्