समाचार

ओली भेट्न प्रधानमन्त्री देउवासहित काँग्रेसका नेताहरु बालकोटमा

१४ फाल्गुन २०७८, शनिबार ११:३१
ओली भेट्न प्रधानमन्त्री देउवासहित काँग्रेसका नेताहरु बालकोटमा

१४ फागुन, कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्नका लागि सत्तारूढ नेपाली कांग्रेसका नेताहरू बालकोट पुगेका छन् ।

एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छैनन् ।

देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट लागेका छन्। सरकारले संसदमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसिसीलाई पारित गर्ने र संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री देउवा र ओलीबीच यसअघि लगातार दुई दिनसम्म भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्नका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए भने ओलीले आफ्नो पुरानो अडान दोहोर्‍याउँदै आएका छन् ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको सूची सभामुखले नटाँसेर पार्टी फुटाउन सहयोग गरेको भन्दै संसदमा विरोध गर्दै आएको छ । एमालेको विरोधकै बीच गत आइतबार एमसिसी सम्झौता संसदमा पेस भएको छ । यसबीचमा सरकारको आग्रहमा संसद बैठकहरू स्थगित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्