समाचार

प्रधानमन्त्री देउवा र उनकै पन्ती आरजु पक्षबीच प्रतिस्पर्धा

१४ फाल्गुन २०७८, शनिबार ११:१५
प्रधानमन्त्री देउवा र उनकै पन्ती आरजु पक्षबीच प्रतिस्पर्धा

१४ फागुन, कैलाली । नेपाली काँग्रेसको कैलाली जिल्ला अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र देउवा पत्नी तथा काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिका लागि देउवा र राणा निकट नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । सभापति देउवा पक्षबाट सभापतिमा प्रकाशबहादुर बम र राणा पक्षबाट नारायण दत्त भट्टले उम्मेदवारी दिएका छन् ।

देउवा र राणाको निर्देशनअनुसार उनीहरुले आ–आफ्नो प्यानलसहित सभापतिमा उम्मेदवारी दिए छन् ।

प्रतिक्रिया दिनुहोस्