मुख्य समाचार

एमसीसीकै कारणले गठबन्धन टुट्ने, तिनै प्रतिगमनकारी शक्ति फेरि हाबी हुने त होइन- प्रचण्ड

१४ फाल्गुन २०७८, शनिबार ०६:२७
एमसीसीकै कारणले गठबन्धन टुट्ने, तिनै प्रतिगमनकारी शक्ति फेरि हाबी हुने त होइन- प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसीसी र पाँच दलीय गठबन्धन जोगाउने उपायबारे छलफल भइरहेको बताएका छन्।

 शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले प्रतिगमनकारी गठबन्धन पुनः अगाडि नआओस् भनेर रोक्न लागिपरेको बताए । कहीँ एमसीसीकै कारण गठबन्ध टुट्ने । यसैका कारण प्रतिगमनकारी पुनः हावी हुने त होइन भन्ने स्थिति बन्न पुगेको छ । यसलाई रोक्नु पर्नेछ । कुनै खालको प्रतिगमनकारी गठबन्धन पुनः अगाडि नआओस्,” प्रचण्डले भने ।

उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट अझै खतरामा पर्ने देखिएको बताए। ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन फेरि अगाडि नआओस्। संविधान, लोकतन्त्र, राष्ट्रियताको कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। तपाईहरुले देखि राख्नुभएको छ।’ उनले भने, ‘सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर कुनै उपाय छ त भनेर छलफल भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्