समाचार

सवारी दुर्घटनामा परी वडा अध्यक्ष कार्कीको निधन

१४ फाल्गुन २०७८, शनिबार ०३:२७
सवारी दुर्घटनामा परी वडा अध्यक्ष कार्कीको निधन

१४ फागुन, पोखरा । सुर्खेतको भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ ।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा मृत्यु भएको हो । नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

कार्की माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा विजयी भएका थिए । उनी भेरीगंगा नगरपालिकाका पार्टी सचिवसमेत रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्