समाचार

जसपा केन्द्रीय कार्यकारिणी बैठक जारी

१४ फाल्गुन २०७८, शनिबार ०२:४५
जसपा केन्द्रीय कार्यकारिणी बैठक जारी

१४ फागुन, काठमाडौं । सत्तासाझेदार जसपाले एमसिसी अनुमोदन र गठबन्धनको निरन्तरताको विषयमा शनिबारसम्म साझा धारणा बनाउने भएको छ ।

जारी केन्द्रीय कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा छलफल गरिरहेको छ। बैठकको आजको मूल एजेन्डा नै एमसीसी रहेकाले उसले आज त्यस विषयमा ठोस निर्णय लिने बताइएको छ।

एमसिसीमा जसपाभित्र विवाद छ । जसपामा अध्यक्ष उपेन्द्र यादव परिमार्जनसहित र संघीय अध्यक्ष डा. बाबुराम भट्टराई यथास्थितिमै एमसिसी अनुमोदनको पक्षमा छन् । कार्यकारिणी बैठकमा नेताहरूलाई एमसिसी सम्झौता र त्यससम्बन्धी जानकारीमूलक पुस्तिकासमेत वितरण गरिएको छ । सदस्यहरूलाई सम्झौता अध्ययन गरेर शनिबारको बैठकमा आउन भनिएको कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्