राजनीति

देउवालाई प्रचण्डले भने ओलीसँग मिले प्रधानमन्त्रीबाट हट्नुपर्छ

१३ फाल्गुन २०७८, शुक्रबार १३:१०
देउवालाई प्रचण्डले भने ओलीसँग मिले प्रधानमन्त्रीबाट हट्नुपर्छ

१३ फागुन, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेसँग मिलेर सरकार अगाडि नबढाउन अनुरोध गरेका छन् ।

शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटमा प्रचण्डले देउवालाई एमालेसँग मिलेमा देउवा नेतृत्वको सरकार नरहने पनि बताएका छन् । उनले एमसिसी पारित गर्न बरु आफूहरुले नै देउवालाई सहयोग गर्ने आश्वासन समेत दिएका छन् ।

‘उनले सरकारलाई निरन्तरता दिऔँ, एमालेसँग मिलेर सरकार ढल्छ भन्नुभयो,’ बालुवाटार स्रोत भन्छ, ‘आफूहरु संसदमा अनुपस्थित भएर पनि एमसिसी पारित गर्ने पक्षमा लाग्ने उनको आश्वासन थियो ।’

प्रतिक्रिया दिनुहोस्