समाचार

पल शाहलाई पक्राउ गर्न सबै प्रहरीलाई निर्देशन

१३ फाल्गुन २०७८, शुक्रबार १०:५८
पल शाहलाई पक्राउ गर्न सबै प्रहरीलाई निर्देशन

१३ फागुन, काठमाडौं । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।

जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको तनहुँ प्रहरीले बताउँदै आएको छ । गायिका समिक्षा अधिकारीले गत बुधबार शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्