समाचार

एमसीसी चाहियो भनेर चिठी लेख्‍ने झलनाथलाई किन ढुंगा हानिँदैन- ओली

१३ फाल्गुन २०७८, शुक्रबार ०९:४५
एमसीसी चाहियो भनेर चिठी लेख्‍ने झलनाथलाई किन ढुंगा हानिँदैन- ओली

१३ फागुन, पोखरा । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् ।

पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दलहरूले आफ्ना कार्यकर्ता सडकमा उतारेर आफूमाथि ढुङ्गा हान्न लगाएको बताएका हुन् ।  शुक्रवार पोखरा पुगेका अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध कडा रोष प्रकट गरे।

अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा ल्याउने भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । सभामुखलाई पनि ढुंगा हानिँदैन ।’

प्रतिक्रिया दिनुहोस्