समाचार

स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

१३ फाल्गुन २०७८, शुक्रबार ०९:२९
स्थानीय तह निर्वाचनका लागि एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

१३ फागुन, काठमाडाैं। एमालेले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्