समाचार

प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित्

१३ फाल्गुन २०७८, शुक्रबार ०७:४३
प्रतिनिधिसभा बैठक फेरि सूचना टाँसेर स्थगित्

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

एमसिसीबारे सैद्धान्तिक रूपमा छलफल गर्ने कार्यसूचीमा बोलाइएको बैठक हिजो पनि स्थगित गरी आजका लागि बोलाइएको थियो। एमसिसीबारे राजनीतिक सहमति हुन नसक्दा यो विषय थप पेचिलो बन्दै गएको छ।

एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए । नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्