समाचार

कांग्रेस-एमाले बालुवाटार वार्ता निष्कर्षविहीन

१२ फाल्गुन २०७८, बिहीबार १५:५५
कांग्रेस-एमाले बालुवाटार वार्ता निष्कर्षविहीन

१२ फगुन, काठमाडौं । बालुवाटारमा भएको नेपाली कांग्रेस-नेकपा एमालेबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री (सरकारका प्रवक्ता) समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले संवाद भए पनि कुनै निष्कर्ष पुग्न नसकेको जानकारी दिए।

देउवालाई भेट्न एमाले अध्यक्ष ओली करिब साढे ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । कांग्रेस र एमाले नेताहरूबीच करिब डेढ घण्टा छलफल भएको छ ।

मन्त्री कार्कीले छलफलमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा दोहोर्‍याएको बताए । ‘उहाँहरुले पुरानै कुरा गर्नुभयो । हामीले जुन कुराले संसद्मा प्रवेश पाएका छैनौँ । त्यो समस्या समाधान नभइन्जेलसम्म हामीले संसद्मा आएर कुरा राख्ने सम्भावना रहँदैन, त्यसैले संसद्मा पहिले हाम्रो सहभागिता हुने व्यवस्था गर्नुहोस्,’ भेटमा ओलीले भनेको उदृत गर्दै मन्त्री कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्