मनोरञ्जन

ललित विश्वकर्माको नयाँ देउडा गीत सार्वजनिक (भिडियोमा)

१२ फाल्गुन २०७८, बिहीबार १५:२८
ललित विश्वकर्माको नयाँ देउडा गीत सार्वजनिक (भिडियोमा)

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल मोडेल हुन्-ललित विश्वकर्मा । उनी कर्णाली लोक तथा देउडा गीतमा जमेका मोडेल हुन् । उनका एकपछि अर्को म्युजिक भिडियो बजारमा आएका छन् ।

उनी कर्णालीका चर्चित मोडेल  तथा निर्देशक हुन् । विश्वकर्माले बजारमा फेरी एक देउडा गीत ल्याएका छन् । उनको आज बिहिबार नयाँ देउडा गीत ‘कर्णालीको लाटो’ बोलको म्युजिक भिडियो आमा डट कममार्फत सार्वजनिक भएको छ ।

सुदूर तथा कर्णालीकी चर्चित गायिका रेखा जोशी र गायक तिलक बुढाको स्वर रहेको छ । खगेन्द्र न्यौपानेको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार धर्मराज न्यौपाने (शिशिर)ले संगीत भरेका छन् ।

भिडियोमा विश्वकर्मा र कल्पना ढुंगानाको अभिनय रहेको छ । गीत कर्णालीको वास्तविक र ठट्यौली गीत निर्मण तिम्ले बजारमा ल्याएको छ । भिडियो निकै उत्कृष्ट देखिएको छ । कालिकोटको चिल्खाया रूडु बन्चुमा छायांकन भएको हो ।  भिडियोमा कालिकोटको सुन्दरलाई समेत उठान गरेको छ । 

खगेन्द्र न्यौपानेद्वारा छायांकन भएको भिडियोलाई सरला रोकाया (न्यौपाने)ले सम्पादन गरेकी छिन् । भिडियोलाई खगेन्द्र न्यौपानेले नै निर्देशन गरेका हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्